आज प्रधानमन्त्री ओली झापा आउदै

Newslaya Home

आज प्रधानमन्त्री ओली झापा आउदै

आइतबार १६, फागुन २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार(आज ) गृह जिल्ला झापा आउने भएका छन् । प्रधानमन्त्री ओली दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

दमक र कमलमा प्रधानमन्त्रीले विभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने छन्। दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ।

यस्तै गौरादह, दमक र कमलमा २ हजार २ सय विगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको पनि प्रधानमन्त्रीले शिलान्यास गर्ने छन्।

दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।