नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने

Newslaya Home

नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने

आइतबार १६, फागुन २०७७

काठमाडौ । नेपालमा हाइड्रोजनले सवारी साधन चलाउने तयारी गरिएको छ । दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् ।

केयूका उपकुलपति प्राध्यापक डा. भोला थापाकाअनुसार हाइड्रोजन उत्पादन तथा व्यवसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछ ।

नेपालमा हालसम्म हाइड्रोजनको व्यावसायिक उपयोगिता सुरु भइसकेको भने छैन ।