चिया पिउने कि कफी ?

Newslaya Home

चिया पिउने कि कफी ?

आइतबार १६, फागुन २०७७

एजेन्सी । आजभोलि सहरमा चिया र कफी दुवैको फेसन बढ्दो छ । कफी पसलहरु मात्र होइन, चिया पसलहरु पनि खुल्ने क्रम बढ्दो छ ।

र, धेरैले चिया वा कफी के पिउने भन्ने आफ्नो रोजाइ पनि बुझिसकेका छन् । कतिलाई चिया नै मन पर्छ भने कतिलाई कफी । तर, स्वास्थ्यका हिसाबले कुन ठीक त ? चिया कि कफी ?

अनुसन्धानहरुका अनुसार पहिले कफीभन्दा चियामा बढी क्याफाइन हुन्छ । तर, पाकिसकेपछि कफीमा धेरै क्याफाइन रहन्छ । थोरै क्याफिनले हामीलाई फाइदा गर्छ, तर अत्याधिक क्याफिन हाम्रा लागि ठिक नहुन सक्छ । त्यसैले यो सन्दर्भमा कफीभन्दा चिया नै राम्रो मान्न सकिन्छ ।

चियामा हुने एन्टीअक्सिडेन्ट्सले हाम्रो शरीरलाई डिटक्स गर्न सहयोग गर्छ । झन् ग्रिन टीमा यो बढी हुन्छ ।

तर यदि कोही पनि व्यक्ति मधुमेहको बिरामी हो भने उसले चियाभन्दा कफी पिउनु राम्रो मानिन्छ ।

शरीरको तौल घटाउन पनि चियाभन्दा कफी राम्रो मानिन्छ । तर, जिम वा अन्य कुनै अभ्यास नगर्नेहरुलाई चाहिँ ब्ल्याक टि नै राम्रो हुने अध्ययनहरुले देखाएका छन् ।