आईपीओको नतिजा हेर्न नयाँ वेबसाइट

Newslaya Home

आईपीओको नतिजा हेर्न नयाँ वेबसाइट

आइतबार १६, फागुन २०७७

काठमाण्डौ । आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ल्याएको iporesult.cdsc.com.np मा आईपीओको नतिजा हेर्न सकिन्छ ।

ईपीओको नतिजा मात्रै राखिने यो पोर्टल छिटो छरितो र धेरै लगानीकर्ताले एकैसाथ प्रयोग गर्न मिल्ने गरि बनाइएको लिमिटेडको दाबी छ । मेरो शेयर वेबसाइट र मोबाइल एपमा समस्या आएको भन्दै लगानीकर्ताले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।