झापाबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

Newslaya Home

झापाबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

शनिबार १५, फागुन २०७७

झापा । झापाबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।

मोटरसाईकलमा सवार राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान १ सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका –११ हडिया खोलामा शुक्रबार साझ चेकजाँचको क्रममा सोही स्थान बस्ने ३४ बर्षीय सन्जु कुमार कामीलाई पक्राउ गरेको छ ।

कामीलाई लागुऔषध ब्राउनसुगर ३५० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।