नाइजेरियामा तीन सय बढी स्कुले छात्राको अपहरण

Newslaya Home

नाइजेरियामा तीन सय बढी स्कुले छात्राको अपहरण

शुक्रबार १४, फागुन २०७७

काठमाडौं । नाइजेरियाको उत्तर पश्चिमी प्रान्त जामफारामा ३ सय भन्दा बढि स्कुले छात्राको अपहरण भएको आशंका गरिएको छ। आज बिहान सबेरै बन्दुकधारीले आक्रमण गरी ती छात्राको अपहरण गरेको स्थानीय शिक्षकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

यो आक्रमणका बारेमा सरकारी प्रवक्ताले पुष्टि गरे पनि थप जानकारी नभएको बताएका छन्। यहाँ विशेषगरी हतियारधारी समूहले फिरौती रकमको माग गर्दै यस्ता अपहरण गर्दै आएका छन्।

पछिल्लो केही समययता नाइजेरियामाा अपहरणका घटना बढिरहेका छन्। यसकै छिमेकी राष्ट नाइजरमा अघिल्लो साता २७ छात्रासहित ४२ जनाको अपहरण भएको थियो।