इटहरीमा इपी ल्यान्ड एन्ड वाटर पार्क सञ्चालनमा

Newslaya Home

इटहरीमा इपी ल्यान्ड एन्ड वाटर पार्क सञ्चालनमा

शुक्रबार १४, फागुन २०७७

इटहरी । इटहरीमा इपी ल्यान्ड एन्ड वाटर पार्क सञ्चालनमा आएको छ ।

उद्योग वाणिज्य संघ इटहरी अध्यक्ष भीम पौडेललगायत चार जनाको ३० करोड लगानीमा सुरु गरिएको पार्क प्रदेशकै ठूलो वाटर पार्क दावी गरिएको छ ।

गत वर्ष चैतमै उद्घाटन गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण पार्क सञ्चालनमा आउन सकेको थिएन ।

पूर्वमा परिवारसंग समय बिताउन वा विदाको दिन परिवारसँग घुम्न जाने ठाउँको अभाव पूर्ति गर्न पार्क सञ्चालनमा ल्याइएको अध्यक्ष पौडेलले बताए ।

६ विघा क्षेत्रफलमा पानीसँग खेल्ने ६०० मानिस अट्ने वाटर वेभ, स्वीमिङ पुल, वाटर स्लाइड हरुका साथै जोरासिक पार्क, बोटिङ को समेत सुविधा रहेको छ । बोटिङका क्रममा डाइनोसरका विभिन्न आकृतिहरू समेत देख्न सकिन्छ ।

एकैपटक ५ हजारले यसको रमाइलो गर्न सक्ने पार्कमा जिप लाइन टावर, वाल स्लाइम्बिङ पनि निर्माण गरिएको छ ।

पार्कमा नेपालकै पहिलो स्नोपार्क सञ्चालनमा ल्याउने तयारी रहेको लगानीकर्ता जगतबहादुर बस्नेतले जानकारी दिए ।

पार्कमा प्रदेश नं. १ सँगै भारतका विभिन्न स्थानका दैनिक एक हजारले पार्कको अवलोकन गर्ने लक्ष्य छ। पार्क फागुन १७ गते उद्घाटन पछि सञ्चालनमा आउने बताइएको छ ।

No description available.

No description available.