गृह मन्त्रालयद्वारा एकैपटक ५२ जना सीडीओको सरूवा

काठमाडौं । गृह मन्त्रालयले एकैपटक आज (शुक्रबार) ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिवको सरूवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरूवा गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रहेका योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पामा प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा रहेका सुरेश न्यौपानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारी बनाई सरूवा गरिएको छ।