सुन खानीमा पहिरो जाँदा पाँच जनाको मृत्यु, करिब ७० बेपत्ता

Newslaya Home

सुन खानीमा पहिरो जाँदा पाँच जनाको मृत्यु, करिब ७० बेपत्ता

बिहीबार १३, फागुन २०७७

काठमाण्डौ । इन्डोनेसियाको सुलावेसीमा रहेको एक सुन खानीमा आएको पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ७० जना बेपत्ता भएका छन् ।

प्रकोप निन्त्रयण निकायका अनुसार भारी वर्षाका कारण परिगी माउन्टोङ जिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको हो ।

पाँच लाश भेट्टिएको र अन्य ७० जना हराइरहेका छन्। तीमध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको जनाइएको छ । बुधबारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य सुरू गरिएको छ ।

सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन्।