गायिका अन्जु र थिर वैवाहिक जीवनमा बाँधिए

Newslaya Home

गायिका अन्जु र थिर वैवाहिक जीवनमा बाँधिए

बिहीबार १३, फागुन २०७७

काठमाण्डौ । गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले प्रेमी थिर कोइरालासँग बुधबार बिहे गरेकी हुन् ।

अन्जु र थिर प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज ललितपुरको पाटनस्थित एक चर्चमा बिबाह गरेका हुन् ।

दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।