बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा बराहक्षेत्रका गुरुङको मृत्यु

Newslaya Home

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा बराहक्षेत्रका गुरुङको मृत्यु

बिहीबार १३, फागुन २०७७

इटहरी । बोलेरोले मोटरसाइकललाई ठक्कर सुनसरीमा एक जनाको मृत्यु भएको छ।

बराहक्षेत्र–५ का २५ वर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार मध्यराति बराहक्षेत्र–५ भरोलमा दक्षिणतर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटसाइकलमा सवार सोही स्थानका २६ वर्षीय कृष्णकुमार राजधामी र २५ वर्षीय डिगन गुरुङ गम्भीर घाइते भएका थिए। घाइतेमध्ये गुरुङको बिपी प्रतिष्ठानमा मृत्यु भएको हो । राजधामीको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरीले जनाएको छ।

ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिकाका उदेश राई प्रहरीको नियन्त्रणमा छन्।