खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

Newslaya Home

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

बिहीबार १३, फागुन २०७७

खोटाङ । खोटाङका एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।

खोटाङको साकेला गाँउपालिका–४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रावाबेसी गाँउपालिका–१ मा पर्ने रावा खोलामा माछा मार्ने क्रममा बुधवार दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।