पशुपतिनगरबाट भारततर्फ लैजान खोजिएका चार महिलाको उद्धार

Newslaya Home

पशुपतिनगरबाट भारततर्फ लैजान खोजिएका चार महिलाको उद्धार

बिहीबार १३, फागुन २०७७

इलाम । इलामको सीमावर्ती नाका पशुपतिनगरबाट भारततर्फ लैजान खोजिएका चार जना महिलाको उद्धार गरिएको छ ।

रोजगारीका लागि भारत हुँदै दुबई पठाइदिने भन्दै गोरखाका एक व्यक्तिले गोरखा धार्चेका चार महिलालाई भारततर्फ पठाउने क्रममा सीमानाकाबाट माइती नेपाल र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

पशुपतिनगर आएका ती महिला भारततर्फ जाने क्रममा फाटकमा प्रहरी र माइती नेपाललका प्रतिनिधिले सोधपुछ गर्दा आफूहरुलाई पशुपतिनगरकै मानिसमार्फत भारत हुँदै दुबई पठाउने भएकाले आफूहरु भारततर्फ जान लागेको बताएपछि उनीहरुलाई उद्धार गरिएको हो ।

पशुपतिनगरबाट उनीहरुलाई भारततर्फ कसले लैजान खोजेको हो भन्ने बारेमा हालसम्म खुल्न नसकेको बताइएको छ ।

उद्धार गरिएका चारै जनालाई अभिभावकको जिम्मा लगाइसकेको बताइएको छ ।