अदालतको आदेशपछि प्रधानमन्त्रीको राजीनामा माग, माइतीघरमा दीप प्रज्वलन

काठमाडौँ । अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा दाहाल नेपाल पक्षका युवाहरुले प्रदर्शन गरेका छन्।
मंगलबार साँझ सर्वोच्च अदालतका प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले १३ दिनभित्र संसद बैठब बोलाउन फैसला सुनाएपछि युवाहरुले ओलीको राजीनामा माग गरेका हुन।
यसका साथै उनीहरुले अदालतको फैसलाको स्वागत गर्दै माइतीघरसहित राजधानीको विभिन्न स्थानमा दीप प्रज्वलन गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए।