संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्र संसद अधिवेशन

Newslaya Home

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्र संसद अधिवेशन

मङ्गलबार ११, फागुन २०७७

काठमाडौं । लामो अन्योलतालाई चिर्दै अन्ततः सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको हो । २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो । १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ ।

ुसंविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ,' फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने ।

सर्वोच्च अदालतको पूर्ण पाठ आइसकेको छैन।