सुतेको ठाउँबाटै दम्पती बेपत्ता

Newslaya Home

सुतेको ठाउँबाटै दम्पती बेपत्ता

मङ्गलबार ११, फागुन २०७७

काठमाडौं। महोत्तरीमा एक दम्पती सुतेको ठाउँबाटै बेपत्ता भएका छन्।

पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन्। उनीहरू सुतेको ठाउँमा रगत देखिएको छ। दम्पती बेपत्ता हुनु र सुतेको ठाउँमा रगत हुनुलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालिएको महोत्तरीका प्रहरीले जनाएको छ ।

उनीहरू मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ ।

दम्पती घरमै सुतेका थिए। घरमा बुहारीहरू पनि सुतेको पाइएको प्रहरीको भनाइ छ। बिहान अबेरसम्म पनि झा दम्पती नदेखिएपछि घरमा गएको छिमेकीले सुतेको ठाउँमा रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए।