बाबुराम भट्टराई अस्पताल भर्ना

Newslaya Home

बाबुराम भट्टराई अस्पताल भर्ना

मङ्गलबार ११, फागुन २०७७

काठमाडौँ । डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई मंगलबार(आज) अस्पताल भर्ना भएका हुन् ।

डा. भट्टराई मंगलबार बिहान दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् । उनलाई आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने जनाइएको छ ।

डा. भट्टराई स्वास्थ्योपचारका लागि आइतबार दिल्ली गएका थिए । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा परीक्षण र उपचार गराइरहेका थिए । नेपालको चिकित्सकले दिल्ली जान सल्लाह दिएपछि उनी उपचारको लागि दिल्ली गएका हुन् ।