ह्याप्पी बर्थ डे केपी बा

Newslaya Home

ह्याप्पी बर्थ डे केपी बा

भूमिका पाख्रिन
मङ्गलबार ११, फागुन २०७७

बा, म शब्द खेलाउन जान्दिन
हो, बा म साहित्य उति बुझ्दिन
तर तपाईको लागि यी छरपष्ट शब्दहरु एकैठाउँ जम्मा गर्दैछु
तपाईको लागि केही पाना भर्दैछु ।


ढलेको धरहराले उठेर शिर ठाडो पारेपछि
रानीपोखरीले मलाई हेर्दै मुसुक्क हाँसेपछि
देशले मुहार फेरेपछि
अनि त्यो बिहानीको न्यायो घामले किरण छरेपछि
हो, बा म नतमस्तक छु
किनकी, बा तपाइलाई उच्च सम्मान गर्दछु ।

बा, म अरुले जति राजनीति बुझ्दिन
हो, बा म तपाइको हरेक सभा सम्मेलनमा उपस्थित हुँदिन
तर, बा यी भीडमा मेरो आदर्श तपाईं हो ।

देश प्रेम तपाईले जगाइदिनु भयो
सपना देख्न तपाइले सिकाइदिनु भयो
चुनौतीका अग्ला चाङ पन्साउदै
अगाडि बढ्ने प्रेरणा दिनु भयो
हो, बा तपाईं पथ प्रदर्शक हो।

बा, म हरेक दिन मन्दिर जाँदिन
भगवानको झुटो कसम खाँदिन
तर, बा तपाइको नेतृत्वमा मात्रै समृद्ध नेपाल देख्दैछु
बा, आज तपाईको जन्मदिनमा शुभकामनाका दुईचार शब्द लेख्दैछु ।
ह्याप्पी बर्थ डे केपी बा

 

1 प्रतिकृयाहरू प्राप्त
  • amit shresthaलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ११, फागुन २०७७
Oli baa.✊