डा. बाबुराम भट्टराईद्वारा भोलि अस्पताल भर्ना हुने

Newslaya Home

डा. बाबुराम भट्टराईद्वारा भोलि अस्पताल भर्ना हुने

सोमबार १०, फागुन २०७७

काठमाण्डौ । उपचारका लागि भारतमा रहेका डा. बाबुराम भट्टराईले चिकित्सकसँग परामर्श गरेका छन् । डा. प्रोफेसर विक्रम भाटियासँग उनले परामर्श लिएका हुन् ।

भारतको नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा भर्ना भई भट्टराईको स्वास्थ्यको थप परीक्षण हुने जसपा केन्द्रीय सदस्य तथा भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार भट्टराईलाई मंगलबार अस्पतालमा भर्ना गरिनेछ ।

भट्टराई स्वास्थ्योपचारका लागि आइतबार दिल्ली गएका हुन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण र उपचार गराइरहेका उनलाई चिकित्सकले दिल्ली जान सल्लाह दिएको पाण्डेले जानकारी दिएका छन् ।