अमेरिकामा कोरोना भाइरसबाट करिब पाँच लाखको मृत्यु

Newslaya Home

अमेरिकामा कोरोना भाइरसबाट करिब पाँच लाखको मृत्यु

सोमबार १०, फागुन २०७७

एजेन्सी । कोरोना भाइरसका कारण अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।

अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुृअरीमा अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ । यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी एक करोड ८० लाख नागरिकले भने यो खोपको पूरै मात्रा लगाएको पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ ।