मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरु

Newslaya Home

मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरु

सोमबार १०, फागुन २०७७

काठमाडौं । मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण शुरु गरिएको छ ।

बहुप्रतीक्षित उक्त खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमवार(आज) पानी हालेर परीक्षण थालिएको हो । खानेपानी मन्त्री मणि थापा, नेता शेरबहादुर तामाङ लगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।

यसअघि गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ ।