प्रधानमन्त्री ओली आज कञ्चनपुर आउँदै

Newslaya Home

प्रधानमन्त्री ओली आज कञ्चनपुर आउँदै

सोमबार १०, फागुन २०७७

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार (आज) सोमवार कञ्चनपुर आउँने भएका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली कञ्चनपुर आउन लागेका हुन् । प्रधानमन्त्री आउने भएपछि छेला क्षेत्रमै आमसभा समेत आयोजना गरिएको छ ।

सोमवार दिउँसो आमसभा कार्यक्रम जानइएको छ । विगत २ दशकदेखि चर्चामा रहेपनि वन क्षेत्रको भोगाधिकार प्राप्त नहुँदा दैजीछेला औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ हुँदै आएको छ ।