आजको सुनको मूल्य

काठमाडौँ । सोमबार (आज) सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुन ८८ हजार ५५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १३ सय ३५ पुगेको छ ।