रुबिना बनिन् ‘बिग बोस–१४’ को विजेता

Newslaya Home

रुबिना बनिन् ‘बिग बोस–१४’ को विजेता

सोमबार १०, फागुन २०७७

काठमाडौं । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औं संस्करण विजेता रुबिना दिलेक बनेकी छिन् । विजेताको टाइटलसँगै उनले ३४ लाख भारतीय रुपैयाँ जितिन् ।

टेलिसिरियल ‘छोटी बहु’की कलाकार रुबिना श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् । फस्ट रनरअप राहुल वैद्य बनेका छन् ।

‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् ।