अब इलाममै डायलासिस सुविधा

Newslaya Home

अब इलाममै डायलासिस सुविधा

सोमबार १०, फागुन २०७७

इलाम । इलाम अस्पतालले डायलासिस सेवा सुरु गरेको छ । रोटरी क्लब धरान र इलाम नगरपालिकाले इलाम अस्पताललाई तीन थान डायलासिस मेसिन हस्तान्तरण गरेपछि पुर्वी पहाडी जिल्लाबाट पहिलो पटक डायलसिस सेवा सुरु हुँदैछ ।

​सेवा शुरू भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका बिरामीले इलामबाटै मृगौला डायलासिस सेवा पाउनेछन् । तराईका अस्पताल पुग्नुपर्ने बाध्यता हट्नेछ ।

इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७५ हजार गरी ४३ लाख ७५ हजार रुपैयाँ बराबरको मेसिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब धरानको पूर्व उपाध्यक्ष कृष्ण शाहले बताए । तीनवटै मेसिन जडान गरिसकिएको छ।

सेवा शुरू गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएपछि इलाम अस्पतालमा सेवा शुरू हुने इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए ।

एक पटकमा दुई जनालाई सेवा दिन सकिने छ । सात वटा मेसिन थप गरेर १० वटा बनाइने लक्ष्य रहेको पालिका प्रमुख तथा नेपाल नगरपालिका संघ एक नम्बर प्रदेशका संयोजक महेश बस्नेतले बताए ।