बढ्यो सुनको मुल्य

Newslaya Home

बढ्यो सुनको मुल्य

आइतबार ०९, फागुन २०७७

काठमाडौं । आइतबार (आज) सुनको मुल्य तोलामा ८०० रुपैंयाले बढेको छ ।

शुक्रबार प्रतितोला ८८ हजार २०० रुपैंयामा कारोबारमा भएको सुनको मुल्य आज तोलामा ८०० रुपैंयाले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ८८ हजार ५ सय ५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य पनि २५ रुपैंया बढेर प्रतितोला १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।