गायिका इन्दिरा जोशी प्रेममा

काठमाण्डौ । गायिका इन्दिरा जोशीले २ वर्षदेखि प्रेममा रहेको बताएकी छन्। फेसबुकमा स्ट्याटस राख्दै उनले आफू प्रेममा भएको खुलाएकी हुन्।
उनले आफू दुई वर्षदेखि प्रेममा रहेको र अझै धेरै अगाडि अन्तिम सास सम्म साथ रहने बताएकी छन्। उनले अन्तिममा माया जीवन भएको उल्लेख गरेकी छन्।
नेपाली ताराको पहिलो सिजनबाट नेपाली गायन क्षेत्रमा उदाएकी जोशी पछिल्लो समय गीत संगीत क्षेत्रमा सक्रिय हुनुका साथै नेपाल आइडलको निर्णायक भएर काम गरिरहेकी छन्।