प्रदेश १ स्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता फागुनमा

काठमाडौं । भोजपुरमा फागुन १९–२२ गतेसम्म प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र योनेक्स सनराइजको सहप्रायोजनमा भोजपुर बहुमुखी क्याम्पसको कभर्डहलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यू–१७ ब्वाइज तथा गर्ल्स गरी कुल ५ विधामा प्रतिस्पर्धा गराइने जनाइएको छ । भोजपुर जिल्ला ब्याडमिन्टन संघले पहिलो पटक ५ विधामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितमा प्रदेश १ का करिब १०० खेलाडीहरुले सहभागिता जनाउने छन् ।