दक्षिण भारतीय फिल्ममा डेब्यू गर्दै स्वस्तिमा खड्का

Newslaya Home

दक्षिण भारतीय फिल्ममा डेब्यू गर्दै स्वस्तिमा खड्का

शुक्रबार ०७, फागुन २०७७

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा डेब्यू गर्ने भएकी छिन् । ‘एञ्जल मारीया सिनेमाज’को ब्यानरमा निर्माण हुने फिल्ममा स्वस्तिमा हालै आवद्ध भएको जानकारी प्राप्त भएको छ ।

‘एञ्जल मारीया सिनेमाज’ले निर्माण गर्दै गरेको ‘थिरिमाली’ नामको फिल्ममा अनन्या फिल्मसले सहकार्य गरेको छ । अनन्या फिल्मस् नेपाली फिल्म निर्माण कम्पनी हो । थिरिमालीको सुटिङ्को लागी फिल्म निर्माण टोली नेपालमा लोकेसन खोजिमा रहेको छ ।