अब घरमा जे बिग्रिए पनि ३५० रुपैयाँमै मर्मत, बिराटनगरमा सुरु भयो ‘जे–पनि’

Newslaya Home

अब घरमा जे बिग्रिए पनि ३५० रुपैयाँमै मर्मत, बिराटनगरमा सुरु भयो ‘जे–पनि’

– रोजिना खतिवडा
शुक्रबार ०७, फागुन २०७७

विराटनगर । विराटनगरमा ‘जे–पनि मेन्टिनेन्स सर्भिस’ सञ्चालनमा आएको छ । सर्वसाधारणको दैनिकीलाई सहज बनाउने र घरका विभिन्न मेसिन उपकरणको मर्मत सेवा दिने उदेश्यले यो सेवा सञ्चालनमा आएको हो । 

यस कार्यक्रम अन्तर्गत प्रत्येक घरले मासिक मात्र ३५० रुपैयाँ तिर्दा घरको बिद्युत, एसी, फ्रिज, वासिंग मेसिन, लेप्टोप, धारा जे बिग्रिए पनि निःशुल्क मर्मत गर्न सकिने सञ्चालक सरोज दाहालले बताए ।

पहिलो महिना ग्राहकलाई भारि छुटका साथ मासिक, अर्ध वार्षिक, वार्षिकका प्याकेज प्रस्तुत गरेको छ। साथै सामान मर्मतका लागि १५ जना दक्ष जनसक्ति आफूसँग भएको उनले बताए । दाहालका अनुसार हाल सम्म तीन सय ५० भन्दा बढि व्यक्ति जे–पनिको सदस्य बनिसकेका छन् ।

यसको सदस्य बन्नका लागि नयाँ गुद्री विराटनगरमा रहेको कार्यालयमा जान सकिने र ९८०२७६०३३० मा सम्पर्क गरेर घरबाटै सदस्य बन्न समेत सकिने दाहालले जानकारी दिए ।

विराटनगर र धरानमा संचालित यो सुविधा छिटै प्रदेश १ का मुख्य सहरहरुमा संचालनमा ल्याउने दाहालको भनाइ छ । यस कार्यले सर्वसाधारणलाई विशेष राहत मिल्ने बताउँदै उनले छिट्टै सदस्य बन्न आग्रह समेत गरेका छन् ।