राष्ट्रीय युवा संघ सुनसरीद्वारा बृहत् मोटरसाइकल र्यालि सम्पन्न

Newslaya Home

राष्ट्रीय युवा संघ सुनसरीद्वारा बृहत् मोटरसाइकल र्यालि सम्पन्न

बिहीबार ०६, फागुन २०७७

इटहरी । बिहीबार राष्ट्रीय युवा संघ सुनसरीले बृहत् मोटरसाइकल र्यालि सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ गते एक नम्बर प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रमलाई समर्थन गर्ने उदेश्यसहित आयोजित र्यालि इटहरी देखी इनरुवा गएर कोड सभा गरेर टुङगीएको थियो ।

र्यालीमा करिव ३५०० मोटरसाइकलको उपस्थिति रहेको राष्ट्रीय युवा संघ जिल्ला कार्यालय सदस्य सुजन लामाले बताए । कोड सभालाई सम्बोधन गर्दै राष्ट्रीय युवा संघको सचिव देवानन्द मेहताले आजको मोटरसाइकल र्यालीले युवाहरूको क्रेज नेकपा अध्यक्ष कमरेड केपी शर्मा ओलीको पक्षमा रहेको बताए ।

कोड सभाको प्रमुख अतिथि तथा नेकपा जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले सुनसरी जिल्लामा ओलीको जन लहर छाएको सुनसरी पुन नेकपाको लाल किल्ला हुने जिकिर गरे ।

यस्तै, राष्ट्रीय युवा संघका जिल्ला अध्यक्ष अरुण गुरुङले सुनसरीका अधिकांश युवाहरू ओलीको पक्षमा रहेको र सबै युवाहरूलाई फाल्गुन ८ गते बिराटनगरमा हुने बृहत् भेलामा सरिक हुन अनुरोध गरे ।

No description available.