इटहरीमा प्रदेशस्तरिय भेटानकप फुटबल हुने

Newslaya Home

इटहरीमा प्रदेशस्तरिय भेटानकप फुटबल हुने

बिहीबार ०६, फागुन २०७७

इटहर । इटहरीमा फागुन १३ गतेदेखी एक नम्बर प्रदेश स्तरिय भेटान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक हाम्रो इटहरी भेटान क्लबले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । इटहरी ५ पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता फागुन २२ गतेसम्म चल्ने आयोजक इटहरी भेटान फुटबल क्लबका अध्यक्ष मन्दिप कुमार राइले जानकारी दिए ।

प्रतियोगितामा झापा, मोरंग, सुनसरी, उदयपुर र धनकुटाका गरी १२ वटा टिमको सहभागिता रहने अध्यक्ष राइले बताए । १२ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा बिजेता टिमले ५५ हजार रुपैयाँ र उपबिजेताले ३१ ह्जार रुपैयाँ पुरस्कार पाउने छन् । इटहरी उपमहानगरपालिकाको संयोजनमा हुने प्रतियोगिताको उद्धघाटन र समापन इटहरी नगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीले गर्ने आयोजकले जनाएको छ ।