आइपिएलबाट आउट भए सन्दीप

Newslaya Home

आइपिएलबाट आउट भए सन्दीप

बिहीबार ०६, फागुन २०७७

काठमाडौं । नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आइपिएलको सिजन २०२१ बाट आउट भएका छन् । नयाँ सिजनको लागि बिहीबार भएको अक्सनमा उनी बिक्रि हुन असफल भएका हुन् ।

सिजन २०२१ का लागि बिहीबार चेन्नईमा भइरहेको मिनि अक्सनमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो नदेखाएपछि उनी नयाँ सिजनको खेलबाट बाहिरिएका थिए ।

गत सिजनमा पनि उनी मैदान बाहिरै रहेका थिए । यो सिजनमा सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु राखिएको थियो ।

सन्दीप पहिलो पटक सन् २०१८ को सिजनका लागि दिल्ली क्यापिटल्समा भारु २० लाखमा आबद्ध भएका थिए।

२०१८ देखि तीन सिजन सन्दीप दिल्ली क्यापिटल्समा रहेका उनले सुरुवाती दुई सिजनमा मौका पाएका थिए । सन्दीपले सुरुवाती दुई सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए ।