झापामा मोटरसाईकल दुर्घटना हुदाँ तामाङको मृत्यु

Newslaya Home

झापामा मोटरसाईकल दुर्घटना हुदाँ तामाङको मृत्यु

बुधबार ०५, फागुन २०७७

झापा । झापामा आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना हुदाँ मंगलबार बेलुका एक जनाको मृत्यु भएको छ ।

झापा गाँउपालिका–६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङको दुर्घटनामा मृत्यु भएको हो ।

तामाङ को १३ प ९०० नम्बरको मोटरसाईकलमा पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा कानोमाई खोलाको पुलमा अनियन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।