श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

Newslaya Home

श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

बुधबार ०५, फागुन २०७७

काँकडभिट्टा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–७ घर भई स्थानीय बुथकरण चिया बगानको १० नम्बर क्वार्टरमा अस्थायी बसोबास गर्ने चिया श्रमिक ५८ वर्षीय साहेबा उराउलाई प्रहरीले पक्राउ गरेको हो । उराउले सामान्य घरायसी विवादका क्रममा ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई कुटपिट गरेका थिए ।

टाउकोमा ढुंगा प्रहारबाट कारण गम्भीर घाइते भएकी फिल्सिताको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हत्या आरोपी साहेबा उराउलाई झापा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।