प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना

Newslaya Home

प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना

बुधबार ०५, फागुन २०७७

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना तथा तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने अनुमान गरिएको छ ।

बुधबार प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।