कोभिशिल्ड खोपलाई डब्ल्यूएचओले दियो अनुमति

Newslaya Home

कोभिशिल्ड खोपलाई डब्ल्यूएचओले दियो अनुमति

मङ्गलबार ०४, फागुन २०७७

काठमाण्डौ । नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो । नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपबाट खोप अभियान चलिरहेको छ ।

डब्ल्यूएचओले विज्ञप्तिमा निकालेर कोभिशिल्डसहित दुई वटा खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपछि सूचीकृत गरेको बताएको छ ।
डब्ल्यूएचओले यसअघि नै फाइजर–बायोएनटेक खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।