इलाममा अटो दुर्घटना हुँदा चालकको मृत्यु

Newslaya Home

इलाममा अटो दुर्घटना हुँदा चालकको मृत्यु

मङ्गलबार ०४, फागुन २०७७

इलाम । इलाम नगरपालिका–७ तिल्केनि मोडमा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। इलाम बजारबाट गोलाखर्क तर्फ जाँदै गरेको मे १ ह ३०२२ नम्बरको अटो अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका चालकको अस्पताल लैजाने क्रममा मृत्यु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटो चालक इलाम नगरपालिका–९ का २० वर्षीय अबिकल सुन्दास घाइते भएपछि नोवेल विराटनगर अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो।