भद्रपुरमा हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु

Newslaya Home

भद्रपुरमा हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु

सोमबार ०३, फागुन २०७७

झापा । भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। सोमबार(आज) भद्रपुर नगरपालिका–२ कमलधापकी ५० वर्षीया सीता दाहालको मृत्यु भएको हो ।

उनी आफ्ना साथीहरूसँग सोही ठाउँको जंगलमा घाँस काट्न गएकी थिइन्। सो अवस्थामा जंगली हात्तीले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनासम्बन्धी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटिएको छ।