झापामा मदरसा निर्माणका लागि हिन्दू समाजसेवीले गरे जग्गादान

Newslaya Home

झापामा मदरसा निर्माणका लागि हिन्दू समाजसेवीले गरे जग्गादान

सोमबार ०३, फागुन २०७७

काठमाडौं । झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा बनाउन एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् ।

मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख रुपैयाँ पर्ने १२ धुर जग्गा दान गरेको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताए । अहिले त्यहाँको मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ ।

जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताए ।