‘बुटिकले तपाइलाई फरक डिजाइन दिन्छ’ : अरमान

Newslaya Home

‘बुटिकले तपाइलाई फरक डिजाइन दिन्छ’ : अरमान

आइतबार २५, माघ २०७७

अरमान खान इटहरीमा बुटिक व्यवशाय सञ्चालन गर्छन् । २०११ सालमा बेङ्ग्लोरको जेबी इस्टीच्युटमा टेक्सटाइल इन्जीनियरिङ गरेपछि कतारमा स्नातक तहको अध्ययन सकेका खानले कतारमै कामसमेत गरे । काम गर्दा गर्दै टेक्सटाइल इन्जीनियरिङ सके । सन् २०१२ मा थाइल्याण्डमा बुङका फेसन इस्टीच्युट भन्ने फेसन कलेजमा फेसन डिजाइनिङको कोर्स गरे । २०१३ मा एक कम्पनिसँग आबद्ध भई अन्तर्राष्ट्रिय स्तरमा चम्केका ठुलाठुला ब्राण्डहरु जस्तै अरमानी, अरमानी इम्पेरियो, पुलिस, एडिडास, ग्याप, जाक एण्ड जोनसहरुसँग उनले काम गर्ने मौका पाए । विदेशमा लामो समय फेसन, डिजाइन, टेक्सटायललगायतको सीप र ज्ञान बटुलेर उनी नेपाल फर्किए । गार्मेन्ट खोल्ने योजना बुनेका उनी पछि फेसन डिजाइनमा आए । उनले बनाएको क्वीन्स भन्ने ब्राण्ड काठमाडौं तथा बुटवलमा सञ्चालनमा छ । अहिले भने इटहरीमा स्पर्श बुटिक सञ्चालन गरेका छन् । उनीसँग फेसन, डिजाइनिङ र बुटिकका विभिन्न विषयमा गरिएको कुराकानीः
अहिले के मा व्यस्त हुनुहुन्छ ?
लामो समयको कोभिड १९ को महामारीपछि अहिले आफ्नो बुटिक पेसामा फेरी फर्कीएर यही काममा व्यस्त छु ।

स्पर्श बुटिक इटहरीमा के उद्धेश्यले सुरु गर्नुभयो र अहिले के गरिरहेको छ ?
म टेक्सटाइल इन्जीनियरका साथै फेसन डिजाइनिङको विद्यार्थी हुँ । इटहरीमा मैले व्यवसाय गर्नुको मुख्य उद्देश्य भनेको मान्छेको आयश्रोतको बाटो बनाउन्ु नै हो । इटहरीको बजार मार्केट र व्यवस्थापनको तीव्र फैलावटलाई हेर्दा यहाँको यो फिल्डमा केही गर्न सक्छु की भन्ने हिसाबले मैले स्पर्शको स्थापना गरेको हुँ । मार्केटमा बुटिक भन्ने बित्तिकै एकदमै महंगो कपडाहरु होला भन्ने आम सोचाईलाई चिर्न म प्रयासरत छु । बुटिक भनेको कुनै इभेन्ट वा समारोहमा मात्र लगाउने कपडाहरु होइन । यो एउटा व्यवसाय हो, जसमा पोशाक तयारी हुन्छ । घर बस्दा लगाउने साधारण कपडा पनि बन्छ र राम्रो स्तरको कपडा पनि बन्छ । यही कुराको कन्सेप्ट क्रियट गर्न चाहेको थिएँ त्यसैको लागि पनि इटहरीमा बुटिक स्थापना गरेको हो ।

No description available.

जुन सोँचले बुटिक खोल्नु भएको थियो त्यो सोँच कत्तिको पुरा भयो ? यही बिचमा कोभिड आयो कस्तो असर पर्यो ?
सुरुको ६ महिनाको अवधिमा मैले डेकोरेसनदेखि लिएर आफ्ना ड्रेसहरु तयार गर्ने काम गरेँ । अचानक कोभिड महामारीको चपेटामा परियो । चाड पर्वलाई टार्गेट गरेर हामी काम गर्ने गर्छौँ । तर यो वर्षको चाड कोभिडले लग्यो । जसले गर्दा मलाई पनि असर गर्यो । अहिले सहज हुँदै गएको अवस्थामा अब केही गर्न सकिएला की भन्ने आशा छ ।

इटहरीमा अन्य बुटिक पनि छन्, तर स्पर्श बुटिक नै चाहिँ किन छान्ने ?
बुटिक शब्दको ठोस अर्थ नेपालीलाई खासै थाहा छैन । बुटिक भनेको हामी आम नेपालीले के बुझ्छौ भन्दा जहाँ जरी भरीन्छ, कडाईको काम गरेर बनाइने ड्रेस भर्ने ठाउँलाई बुटिक भनिन्छ भन्ने सोँच छ । मान्छेहरुको कन्सेप्टमा बुटिकमा महंगो कपडाहरु बेचिन्छ भन्ने सोँच छ । जुन गलत हो ।

खासमा टेलरिङ काम गरेर या लुगा सिलाउने सबै ठाउँहरुलाई बुटिकको नाम दिन मिल्दैन । बुटिकमा डिजाइनर अनिवार्य हुनै पर्छ, जसले एउटा ड्रेसलाई डिजाइन गर्नसकोस् । इटहरीमा अधिकांश टेलर्सहरु छन्, जसमा माथि बोर्डमा बुटिक लेखिएको हुन्छ तर खासमा त्यो काम गर्दैनन् । त्यसैले स्पर्श अरुभन्दा भिन्न किन छ भन्दा हामी कुनै पनि ग्राहकको वास्तविक आवश्यकताको आधारमा ड्रेस बनाउँछौं । मेजरमेन्ट लिइसकेपश्चात पेपरमा स्केच गरेर डिजाइन तयार गर्छौँ । उहाँले एप्रुभ गरिसकेपछि त्यही अनुसारको फेब्रिकलाई छानेर अन्तर्राष्ट्रिय लेबलमा कस्तो हुनुपर्ने हो, त्यहीअनुसार बनाउँछौं । जो काम अरु बुटिक र टेलर्समा हुँदैन ।

अर्को खास के छ भने हामी कपडामा जुन जडी भर्छौँ, त्यो अन्य बुटिकको भन्दा निकै गुणस्तरीय हुन्छ । यसकारण स्पर्श बुटिक अरु भन्दा बेग्लै छ ।

हातले बनाएको श्रृंगारको सामाग्री भन्ने बित्तिकै लागतको कुरा आउँछ । लागत बढी पर्ला । मान्छेको मेहेनत र लागतलाई कसरी मिलाउनु भएको छ ? कतिको महँगो हुन्छ बुटिक ?
हातले बनाएका जति पनि चिज छन्, डिमाण्ड पनि धेरै हुन्छ र कस्ट पनि धेरै नै छ । महंगो पर्छ । एउटा कालिगढले आफ्नो एक दिनको ८–९ घण्टा समय खर्चदा एउटा ब्लाउजको मात्र डिजाइन गर्न पनि उसलाई ३ देखि ४ दिनको समय लागेको हुन्छ । उसलाई हामीले दैनिकी ८ देखि ९ सयसम्म पारिश्रमिक दिएका हुन्छौँ । र त्यही ज्याला लाग्दा ४ दिनको हामीले ४ हजार दिन्छौं भने कपडा र ज्याला गरेर ५÷६ हजारमा बेच्छौं । यो हिसाबले महंगो पर्न जान्छ । तर अहिले के छ भने हामी कतिपय चिजलाई सिम्लीफाइ गरेका छौं । लगानि कम परोस् भन्ने हिसाबले हामीले कस्टलाई मिनिमाइज गरेका छौँ । अन्तर्राष्ट्रिय बजारमा हातको कामको जुन हिसाबको रकम छ, त्यो भन्दा नेपालमा ७५ प्रतिशत सस्तो छ । मानिसले सजिलै खरिद गर्न सकोस् भन्ने हिसाबमा काम गरिरहेका छौं ।

हस्तकलाका सामाग्री विदेशमा निकै डिमाण्ड हुन्छन्, स्पर्शले पनि आफ्नो उत्पादन विदेशमा खपत गराउने योजना कतिको छ ?
बुटिकमा विवाह, इभेन्ट जस्ता समारोहमा लेहंगा, गाउन, ब्लाउज, सारी लगायतको सामग्री मात्र पाउने जुन कन्सेप्ट छ त्यही अनुसार विदेशमा बस्ने नेपाली दाजुभाइ दिदिबहिनिहरुले आफन्तको माध्यमबाट इन्टरनेटमा हेरेर कपडा मगाउनु हुन्छ । व्यक्तिगत हिसाबले युके, जापान, अमेरिका, पोर्चुगल, अष्ट्रेलिया, बेलजियममा हाम्रो ड्रेस गइरहेको छ । तर अन्तर्राष्ट्रिय बजारमा हाम्रो ठुलो उत्पादन गरेर हामीले पठाउन नसकेको हाम्रो कमजोरी पनि छ । नेपाली प्रोडक्टलाई विश्व बजारमा लग्नका लागि कुनै किसिमको प्लाटफर्म नेपालमा तयार भएको छैन । धेरै कुरामा बाधाहरु छन् ।
जस्तो, नेपालबाट अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न मिल्दैन । त्यही हिसाबले हामीले आफ्ना साथीभाइ जो विदेशमा हुनुहुन्छ उहाँहरुमार्फत् हामीले सामान पठाइरहेका छौं । विदेशीहरुले नेपाल आउँदा सबैभन्दा बढि खरिद गर्ने भनेको हस्तकलाका सामानहरु हुन् । सरकारले पनि यसमा भुमिका खेल्नुपर्छ जस्तो लाग्छ ।

समग्र बुटिकमा इच्छा राख्नेहरुलाई के भन्नु हुन्छ ?
बुटिक भन्ने बित्तिकै महंगो हुन्छ भन्ने कन्सेप्ट दिमागबाट निकालिदिनुस् । तपाईहरु बुटिकमा आउनुस् तपाईहरुले लगाउने एउटा रेडिमेड कपडामा जति मूल्य हाल्नुहुन्छ, बुटिकमा थोरै महँगो भएपनि आफ्नै अलग डिजाइन पाउनुहुन्छ । यस्तो लुगाले तपाईलाई राम्रो देखिनुका साथै व्यक्तित्वसमेत विकास हुन्छ । यो महंगो हुन्छ भनेर रेडिमेड तिर जान भन्दा पनि बुटिक तिर आइदिनु भयो भने यसबाट धेरैले रोजगारीसमेत पाउने थिए ।

No description available.

No description available.

No description available.