सप्तरीमा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु

Newslaya Home

सप्तरीमा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु

आइतबार ११, माघ २०७७

सप्तरी । सप्तरीमा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ।

आइतबार दिउँसो ३ बजे खडक नगरपालिका–९ लालपट्टीमा दक्षिण फुलबरियाबाट उत्तर कल्याणपुर जाँदै गरेको ट्याक्टरबाट एक बालक खसेका थिए।

सप्तरी खडक नगरपालिका–१० का २२ वर्षीय मुन्नाकुमार यादवले चलाएको स १ त ७३८८ नम्बरको ट्याक्टरमा सवार १२ वर्षीय विशाल भगत खसेका थिए।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका बालकको एड्भान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्राथमिक उपचार गराइ राजविराज लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनको शव पोष्टमर्टमको लागि श्री गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज सप्तरीको शव गृहमा राखिएको छ।

प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।