नेपालमा राजतन्त्र ल्याउनुपर्छ, हृदयेन्द्र उपयुक्त पात्रः भारतीय पूर्व सचिव

Newslaya Home

नेपालमा राजतन्त्र ल्याउनुपर्छ, हृदयेन्द्र उपयुक्त पात्रः भारतीय पूर्व सचिव

आइतबार ११, माघ २०७७

काठमाडौं । भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले नेपालमा राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिएका छन् ।

‘टेलिग्राफ इन्डिया डटकम’ मा प्रकाशित लेखमा उनले हृदयेन्द्रलाई राजाको रुपमा अघि सार्न सकिने समेत बताए । पूर्व राजा ज्ञानेन्द्र शाह सर्वसाधारणको जीवन निर्वाह गरिरहेको र पूर्व युवराज पारस शाह उपयुक्त पात्र नभएकले हृदयेन्द्र उपयुक्त पात्र रहेको रमेशको ठम्याइ छ ।

हुदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग राम्रो सम्बन्ध पनि भएको उनको लेखमा उल्लेख छ ।

नेपालमा राजतन्त्रको मागसहित भएको आन्दोलनलाई भारतले रोक्न नहुने सुझाव समते उनले दिएका छन् । यसका लागि नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व लिनुपर्ने उनले बताए ।