खानीमा फसेका ११ जनाको १४ दिनपछि उद्धार

Newslaya Home

खानीमा फसेका ११ जनाको १४ दिनपछि उद्धार

आइतबार ११, माघ २०७७

काठमाण्डौ । चीनको सुन खानीमा फसेका ११ जनालाई १४ दिनपछि उद्धार गरिएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको १० जनवरीमा सान्दोङ प्रान्तमा रहेको हुशन सुन खानीमा भएको विस्फोटपछि खानीको प्रवेशद्वार बन्द हुँदा उनीहरु जमिनभन्दा ६०० मिटर तल फसेका थिए ।

विस्फोटमा २२ जना कामदार खानीमा फसेका थिए, विस्फोटको कारणबारे भने थाहा भइसकेको छैन । विस्फोटमा कम्तीमा एक जनाको ज्यान गएको र बाँकी १० जना जीवित छन् कि छैनन् भन्नेबारेमा पनि स्पष्ट भइसकेको छैन ।

विस्फोटपछि बन्द भएको खानीको प्रवेशद्वारका बारेमा अहिलेसम्म केही थाहा पाउन सकिएको छैन । खानीबाट माथि ल्याइएकाहरू निकै कमजोर रहेको र उपचारका लागि अस्पताल पठाइएको छ ।