ग्रीन लाइफ हाइड्रोको आइपिओ खुल्दै

काठमाण्डौ । माघ २३ गतेदेखि ग्रीन लाइफ हाइड्रोपावरको आइपिओ खुल्ने भएको छ।
कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो। म्युचुअल फण्ड र कर्मचारीका लागि छुट्याएपछिको बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।
न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। बिक्री प्रवन्धकका रुपमा बिओके क्यापिटल रहेको छ। अनलाइनबाट मेरो सेयरमार्फत अथवा आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ।
कम्पनीले दोलखा जिल्लाको खानीखोलाबाट विद्युत उत्पादन गर्नेछ। कम्पनीले ४० मेगावाट क्षमताको आयोजना बनाउँदैछ।