घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

आइतबार ११, माघ २०७७

काठमाडौं । आइतवार(आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आज चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो ।