जनसेवा युवा क्लबको सार्वजनिक सुनुवाइ सम्पन्न

Newslaya Home

जनसेवा युवा क्लबको सार्वजनिक सुनुवाइ सम्पन्न

शनिबार १०, माघ २०७७

मोरङ । मोरङको लेटाङमा बिगत लामो समयदेखि सामाजिक कार्य गर्दै आएको जनसेवा युवा क्लबले आ.व २०७७र७८ को पहिलो अर्धवार्षिक प्रगति माथिको सार्वजनिक सुनुवाइ शनिबार सम्पन्न गरेको छ ।

लेटाङ नपा वडा नं ५ का जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा विभिन्न संघसंस्था प्रतिनिधि, क्लबका सदस्य, सल्लाहकार तथा सरोकारवाला पक्षको उपस्थितिमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । कार्यक्रममा उठेका सवालहरु कार्यक्रमकै दौरान प्रष्ट पारिएको र संस्था सुशासित ढंगले सञ्चालन गर्न प्राप्त सुझावहरु कार्यन्वयन गर्दै लगिने संस्थाका अध्यक्ष राजु गौतमले बताए ।