सामुदायिक वनमा चितुवा मृत फेला

Newslaya Home

सामुदायिक वनमा चितुवा मृत फेला

शनिबार १०, माघ २०७७

दाङ । दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा चितुवा मृत फेला परेको छ ।

चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले बताए ।

उनका अनुसार दाउरा लिन गएका स्थानीयले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चितुवाको घाँटीमा पासो लागेको जस्तो निशान फेला परेको छ ।

जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने जनाइएको छ । चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनले जानकारी दिए ।