इलाममा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

इलाम । इलाममा १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
इलामनगरपालिका–७ बस्ने भानुपथ बस्ने २५ वर्षीय बिनयक बरईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। बरईले बालिकालाई पुस २६ गते साँझ घरमा केही नभएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।