२०७७ माघ ०९ गते शुक्रबारको राशिफल

Newslaya Home

२०७७ माघ ०९ गते शुक्रबारको राशिफल

शुक्रबार ०९, माघ २०७७

मेष । आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

वृष । आज निर्णायक क्षमतामा कमी आउनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला, सचेत रहनुहोला ।

मिथुन । मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।

कर्कट । आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कन्या । आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद समेत बढ्ला ।

तुला । आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृश्चिक । आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउने र जोश जाँगर बढ्नेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता पाईएला ।

धनु । न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कुम्भ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार हुनेछ ।

मीन । आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।